बाजुरा, २३ कात्तिकः जिल्लाको उत्तरपूर्वी भेगमा रहेको बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलबको व्यवस्था गर्न देउसीभैलो खेलेर रकम जुटाएको छ । विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट रु एक लाख सङ्कलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर बोगटीले राससलाई जानकारी दिनुभयो । उक्त रकम विद्यालयको खातामा दाखिला गरिएको जानकारी पनि उहाँले दिनुभयो । उक्त विद्यालयका अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले हरेक वर्ष देउसीभैलो र प्रत्येक घरमा मासिक रुपमा सहयोग मागेर निजी स्रोतका शिक्षकलाई तलबको व्यवस्था हुँदै आएको छ । यसैबीच, बुढीनन्दा नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाका प्रमुख सन्तोष जोशीले नगरपालिकाले नगर स्वयंसेवक शिक्षक भर्नाका लागि विज्ञापन गरेको बताउनुभयोे । निजी स्रोतबाट सञ्चालन भएका विद्यालयमा नगर स्वयंसेवक परिचालन गरिने उहाँले बताउनुभयो । –––
देउसीभैलोबाट सङ्कलित रकम शिक्षकलाई
Posted By: दीक्षण दैनिक २३ कार्तिक २०८१, शुक्रबार ११:२५
२३ कार्तिक २०८१, शुक्रबार १९:१४
Epaper 2081/07/23
२३ कार्तिक २०८१, शुक्रबार १२:५७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
२३ कार्तिक २०८१, शुक्रबार १२:५०
सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो
२३ कार्तिक २०८१, शुक्रबार १३:१०
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
२३ कार्तिक २०८१, शुक्रबार ११:५२
बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी
२३ कार्तिक २०८१, शुक्रबार १०:२९
उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन
२३ कार्तिक २०८१, शुक्रबार १२:३८
संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण
२३ कार्तिक २०८१, शुक्रबार ११:२५
Be the first to comment on "देउसीभैलोबाट सङ्कलित रकम शिक्षकलाई"