चरिकोट (दीस) ः दोलखाको प्रसिद्ध पर्यटकीय स्थल कालिञ्चोकमा हिमपात भएको छ । सोमबार कालिञ्चोक तथा कुरी क्षेत्रमा हिउँ परेको हो । सोमबार अपराह्न कालिञ्चोक क्षेत्रमा हिउँ परेको स्थानीय होटल व्यवसायीहरुले जानकारी दिनुभयो ।कालिञ्चोकमा हिउँ परेपछि आन्तरिक र बाह्य पर्यटकको भिड लाग्ने गर्दछ ।
पर्यटकीय सिजन सुरु भएसँगै हिमपात भएपछि कालिञ्चोकका होटल व्यवसायीहरू उत्साहित भएका छन् । हिमपातसँगै कालिञ्चोक भ्रमण गर्ने पर्यटकहरूको संख्यामा वृद्धि हुने व्यवसायीहरूको विश्वास छ । हिउँ पर्ने सिजनमा कालिञ्चोकका अतिरिक्त जिरी नगरपालिकाको च्र्योर्दुङ, जिरी, शैलुङ, खरिढुंगा लगायतका ठाउँहरूमा हिउँ खेल्न आन्तरिक पर्यटकहरूको भिड लाग्ने गरेको छ ।
Be the first to comment on "कालिञ्चोकमा हिमपात"