हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर

चरिकोट (दीस) ः दोलखाको मेलुङ गाउँपालिका वडा नंम्वर १ पवटीमा रहेको हाम्रो सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको रकम चोरीको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले ४ जना विरुद्ध मुद्वा दायर गरेको छ । कार्यालयले तत्कालिन साकोसका अध्यक्ष छत्रराज उप्रेती र कोषाध्यक्ष हेमराज उप्रेती र कर्मचारीहरु महेन्द्र भुजेल र रामशरण कार्की विरूद्ध मंगलबार मुद्दा दर्ता गराएको हो । मुद्वा दायरसँगै चारजना बिरुद्ध पक्राउ पुर्जी समेत जारी भएको छ । सुरुमा उक्त साकोसमा २०८० साल माघ १४ गते राती भल्टबाट ३२ लाख भन्दा बढी रकम चोरी भएको प्रहरीमा उजुरी परेको थियो । सरकारी वकिलले आरोपित चारजना विरूद्ध मुद्दा दर्ता गर्न अदालतमा फाइल पठाएपछि मुद्दा दर्ता गरिएको जिल्ला अदालत दोलखाका श्रेष्तेदार अञ्चन भट्टराईले जानकारी दिनु भयो । उनीहरु विरुद्ध सहकारी ठगी कसुर अन्तर्गत मुलुकी अपराध संहिता २०७४ को दफा २४९ बमोजिम सोही दफाको उपदफा ३ को (ग बमोजिम सजाय माग दाबी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । साकोसमा चोरी घटनाको तत्कालिन अवस्थामा पेचिलो बनेको थियो । सहकारी चोरी घटनाको बारेमा प्रहरीले विभिन्न व्यक्तिहरुलाई पक्राउसमेत गरेको थियो । सोही समयमा प्रहरीले सहकारीको कार्यालय भएको घरधनी पुर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेलाई पनि २ पटक पक्राउ गरेको थियो । तर, सहकारीको रकम चोरीमा संलग्नता नदेखिएपछि प्रहरीले उहाँलाई फागुन २ गते रिहा गरेको थियो । न्यौपानेले फागुन ५ गते आत्माहत्या गरेपछि यो साकोसको चोरी विषय झनै पेचिलो भएको थियो । एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका न्यौपानेले ‘सुसाईड नोट सहकारी चोरीमा विभिन्न व्यक्तिले आफुलाई फसाएको सामाजिक सञ्जालमा लेखेपछि त्यसपछि प्रहरीले न्यौपानेको मृत्यु प्रकरणबारे पनि अनुसन्धान गरेको थियो । न्यौपानेले आत्माहत्या गरेसँगै एमालेले सहकारी चोरीको विषयमा निष्पक्ष छानविन गर्न माग समेत गरेको थियो । तत्कालिन समयमा सहकारीका अध्यक्ष, उपाध्यक्ष, व्यवस्थापक, सचिव र सह–कसचिव गरी ५ जनालाई पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्वा दायर गरिएको थियो । उक्त मुद्दामा दोलखा प्रहरीले अनुसन्धान समेत अघि बढाएको थियो। साकोसमा चोरी भएको घटना सार्वजनिक भएपछि गाउँपालिकाले समेत छानिविन समिति बनाएको थियो । पालिकाकै अगुवाइर्मा उक्त साकोसमा विषेश साधारणसभा समेत गरिएको थियो । विषेश साधारण सभाले साकोसमा पुरानो समिति हटाउदै नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

 

 

 

https://www.youtube.com/watch?v=0xo1wxlW4O8

 

 

Shares

Be the first to comment on "हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर"

Leave a comment

Your email address will not be published.


*