जुम्ला, ८ कात्तिक : जुम्लाबाट एक वर्षको अवधिमा चार हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा चार हजार एक सय ६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिनुभयो । यस्तै चालु आवको असोज मसान्तसम्म एक हजार आठ सयभन्दा बढीले नागरिकता लिइसकेको उहाँले बताउनुभयो । कम्युटर अपरेटर पुलामीले भन्नुभयो, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म एक हजार आठ सय ६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौँ । १६ जनाले नाबालक प्रमाणपत्र लिएकाछन् ।” यस्तै यस अवधिमा तीन सय ३१ जनाले राहदानी र एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी कार्यालयमा सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेका छन् । गत आवमा दुई सय २५ वटा गुनासो वा ठाडो उजुरी परेका थिए । राहदानी बनाउनेको सङ्ख्या बढ्दो जिल्लामा राहदानी बनाउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कूल तीन हजार सात सय ५६ जनाले राहदानी लिएका छन् । राहदानी लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । बाँकी कर्मचारी, उच्चपदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको कार्यालयका राहदानी फाँटका खरिदार नरबहादुर बुढाले बताउनुभयो । प्रशासन शाखाका अनुसार चालू आव २०८१/८२ को असोज मसान्तसम्म मात्रै छ सय ३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये एक सय ५७ महिला र चार सय ७५ पुरूष छन् । आव २०८०/८१ मा सात सय ८३ जनाले राहदानी बनाएका थिए । तीमध्ये एक सय ४२ जना महिला र छ सय ४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ । (रासस)
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
Posted By: दीक्षण दैनिक ८ कार्तिक २०८१, बिहीबार १३:२६
८ कार्तिक २०८१, बिहीबार १३:५९
Epaper 2081/07/08
८ कार्तिक २०८१, बिहीबार १६:०२
हाम्रो सुर्योदय सहकारी चोरी प्रकरणमा ४ जना विरुद्ध मुद्वा दायर
८ कार्तिक २०८१, बिहीबार १३:१७
तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग
८ कार्तिक २०८१, बिहीबार १२:२३
५० प्रतिशत अनुदान उपलब्ध गराइने
८ कार्तिक २०८१, बिहीबार १२:१५
भीमेश्वर नगरपालिकाद्वारा दश प्रतिशत घरबहाल कर बुझाउन आग्रह
८ कार्तिक २०८१, बिहीबार १२:१६
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
८ कार्तिक २०८१, बिहीबार १३:२०
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
८ कार्तिक २०८१, बिहीबार ११:२५
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै
८ कार्तिक २०८१, बिहीबार १२:२८
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
८ कार्तिक २०८१, बिहीबार १३:२६
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
८ कार्तिक २०८१, बिहीबार १२:५९
Be the first to comment on "जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता"