तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग

चरिकोट (दीसं) ः दोलखा जिल्ला तामाकोसी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखालाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । बुधबार गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । ट्राफिक कार्यालयलाई प्रविधि मैत्री बनाउनका तथा साउनदेखि लागु भएको टिभी आएस प्रणाली लागु गर्न सहज हुने ट्राफिक प्रहरी प्रमुख भट्टराईले बताउनु भयो । कम्युटर उपलव्ध भएपछि कार्यालयको काम, कारबाहीलाई चुस्त दुरुस्त बनाउन थप सहज हुने उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकाद्वारा ट्राफिकलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*