५० प्रतिशत अनुदान उपलब्ध गराइने

चरिकोट(दीस)ः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रामेछाप ले कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । ईकाईले चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
दोलखा र रामेछाप जिल्लामा कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालन कार्यविधि, २०८० बमोजिम योग्यता पुगेका कृषि उद्यमी ÷ युवा तथा फर्महरुलाई पचास प्रतिशत अनुदान उपलब्ध गराउन प्रप्ताव आह्वान गरिएको परियोजना कार्यन्वयन ईकाई रामेछापका निमित्त कार्यालय प्रमुख थीरलाल गैह्रेले जानकारी दिनुभयो । अनुदान रकम एक फर्मलाई बढीमा चारलाख सम्म प्रदान गर्न सकिने कार्यलयको भनाई रहेको छ ।

Shares

Be the first to comment on "५० प्रतिशत अनुदान उपलब्ध गराइने"

Leave a comment

Your email address will not be published.


*