रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै

चरिकोट(दीस)ः राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाले आज विरोध प्रदर्शन गर्ने भएको छ । आफ्ना सभापति रवि लामीछानेलाई पक्राउ गरिएको विरोधमा रास्वपा दोलखाले विरोध प्रदर्शन गर्ने भएको हो ।
संसदीय छानविन समितिले सहकारी ठगीमा लामीछानेको कुनै संलग्नता नभएको पुष्टी गरेको अवस्थामा वर्तमान सरकारले राजनैतिक प्रतिशोधका आधारमा पक्राउ गरेकोले आज शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको रास्वपा दोलखाका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिनुभएको छ । शुक्रबार पक्राउ परेका रास्वपा अध्यक्ष रवि लामिछानेलाई कास्की जिल्ला अदालतले आइतवार छ दिन हिरासतमा राखि थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

 

 

 

Shares

Be the first to comment on "रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै"

Leave a comment

Your email address will not be published.


*