सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

दीक्षण समाचार, दोलखा: नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा प्राप्त गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रवार नै अमेरिका प्रस्थान गर्नेछन्।

नेपाल र अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि सुरु भएको थियो, जसको पहिलो खेल नेपालले जितिसकेको छ। यो शृंखला नेपाल, अमेरिका, र स्कटल्याण्ड सम्मिलित विश्वकप लिग-२ अन्तर्गत अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म टेक्ससको ग्रान्ड प्रेरी रंगशालामा हुनेछ।

यसअघि, अमेरिकाले भिसा नदिएकाले सन्दीपले टी-२० विश्वकपका खेलहरूमा सहभागी हुन पाएका थिएनन्। क्यानाडामा खेलिसकेपछि उनी स्वदेश फर्किएका थिए, तर अब अमेरिकाको भिसा प्राप्त भएपछि उनी लिग-२ शृंखलामा सहभागी हुने भएका छन्।

Shares

Be the first to comment on "सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने"

Leave a comment

Your email address will not be published.


*