चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य

चरिकोट (दीस) ः दोलखाको जिरी नगरपालिकाले पर्यटकीय नगरी जिरीमा चाँलु आर्थिक बर्ष ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । भ्रमण बर्ष २०८१ अवसरमा उक्त संख्यामा पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ । जिरी प्राकृतिक सुन्दरताको साथै पर्यटकको लागि पर्याप्त मात्रामा भौतिक संरचनाहरु रहेकाले “जिरी भ्रमण वर्ष ”घोषणा गरी ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको नगरपालिकाका अधिकारीहरुले बताएका छन् । भ्रमण वर्षको अवसरमा नगरपालिकाले विभिन्न मेला, महोत्सव, सेमिनार, पदयात्रा, साईक्लिङ्ग, खेलकुद, कृषि मेला लगायतका कार्यक्रम गर्ने छ । ती मेला तथा महोत्सव विभिन्न सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम मार्फत जिरीमा पर्यटकलाई आर्कषित गर्ने नगरपालिकाले लक्ष्य लिएको छ ।

Shares

Be the first to comment on "चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य"

Leave a comment

Your email address will not be published.


*