भिमेश्वर नगरपालिका–९ झिगानेमा भएको गाडी दुर्घटनामा चार जना घाइते

चरिकोट :दोलखाको भिमेश्वर नगरपालिका–९ झिगानेमा भएको गाडी दुर्घटनामा चार जना घाइते भएका छन्। काठमाडौंबाट चरिकोटतर्फ आउँदै गरेको हात्ती गाडी (प्रदेश नं ०३-०१-००२२च ८८२८) शुक्रवार दिउँसो दुर्घटना हुँदा कालिञ्चोक गाउँपालिका–५ की सुजता थापा (२२ वर्ष), सविक्क्षा थापा (१७ वर्ष), रामेछाप गोकुलगंगा–४ की सकुना खड्का (३० वर्ष) र उनकी तीन वर्षीय छोरी सबिना खड्का घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर सत्रुधन महतोले जानकारी दिएअनुसार घाइतेहरूको उपचार चरिकोटको च्छोरोल्पा जनरल अस्पतालमा भइरहेको छ। ब्रेक फेल हुँदा गाडी सडकबाट २०–२५ मिटर तल खसेको बताइएको छ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिका–९ झिगानेमा भएको गाडी दुर्घटनामा चार जना घाइते"

Leave a comment

Your email address will not be published.


*