काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बस भीमेश्वर नगरपालिका-८, मा दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु ,एक गम्भिर घाइते

चरिकोट, दीक्षण समाचार – काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको प्रदेश ३–०१ –००६ ख ४८४३नम्बरको यात्रुबाहक बस आज भीमेश्वर नगरपालिका-८, चरङगेमा दुर्घटना हुँदा २३ वर्षीय युवक लोक बहादुर श्रेष्ठको मृत्यु भएको छ भने २५ वर्षीय धन बहादुर खड्का गम्भीर घाइते भएका छन्।

गम्भीर घाइते खड्कालाई प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको  चरिकोट स्थीत च्छारोल्पा अस्पतालका  हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. सुमन श्रेष्ठले जानकारी दिनुभएको छ। दुर्घटना हुँदा कम्तिमा पनि ८ जना घाइते भएका छन् ।

घटनाको थप विबरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

यसैवीच आजै काठमाडौंबाट शैलुङ जाँदै गरेको जिप शैलुङ गाउँपालिका २ मा दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। प्रदेश ०१ –०२७ च २७५१ नम्बरको योद्वा जिप अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरूको उद्वार गरेर उपचारका लागि चरिकोट ल्याईएको छ ।

Shares

Be the first to comment on "काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बस भीमेश्वर नगरपालिका-८, मा दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु ,एक गम्भिर घाइते"

Leave a comment

Your email address will not be published.


*