मेलुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिरमा हुने

चरिकोट(दीस)ः मेलुङ गाउँपालिकामा यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंंसिर महिनामा हुने भएको छ  । चालु शैक्षिक सत्रको मेलुङ गाउँपालिका स्तरीय प्रतियोगिता मंसिर ७ देखि ९ गतेसम्म हुने भएको हो । मेलुङ गाउँपालिका गाउँ कार्यपालिकाको हालै बसेको बैठकले सो निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोमा परी ज्यान गुमाउने हरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दे शोक ब्यक्त गरिएको उहाँको भनाई छ । बैठकले पालिकाभित्र बाढी पहिरोबाट भएको क्षति विवरण संकलन गर्ने, नजिकिदै गरेको चाड पर्वलाई मध्येनजर गर्दै महत्वपूर्ण सबै सडक लगायत टोल बस्ती स्तरका सडक तत्काल सुचारु गर्ने निर्णय समेत गरेको मेलुङ गाउँपालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "मेलुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिरमा हुने"

Leave a comment

Your email address will not be published.


*