विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु

चरिकोट (दीस) ः जिल्लाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सो पालिका २ ओराङका २२ वर्षीय धीरज ठकुरी रहनु भएको छ । स्थानीयका अनुसार दुई दिनअघि गाउँकै एक यूवकसँग झगडापछि ठकुरी बिरामी पर्नु भएको थियो उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातिको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ । ठकुरीसँग झगडा गरेका युवकलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ

Shares

Be the first to comment on "विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु"

Leave a comment

Your email address will not be published.


*