काठमाडौँ, २० असोज : सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्काेटमा नेपाली सेनाले आजदेखि बेलिबृज जडान सुरु गरेको छ । सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो । सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।(रासस)
खुर्काेटमा बेलिबृज जडान सुरु
Posted By: दीक्षण दैनिक २० आश्विन २०८१, आईतवार २१:२४
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "खुर्काेटमा बेलिबृज जडान सुरु"