उपनिर्वाचनका लागि २५ राजनीतिक दलले गरे दल दर्ता

चरिकोट (दीस) ः आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता गरेका छन् । आइतबार निर्वाचन आयोगले सूचना जारी गर्दै सो जनाएको हो । आयोगले दल दर्ताका लागि असोज १० देखि १६ सम्मसमय दिइएको थियो । जसमा २६ दलले निवेदन दिएका थिए । २५ दललाई आवश्यक प्रक्रिया पूरा गरेपछि नियमावली अनुसार दर्ता गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले बताउनु भएको छ । उपनिर्वाचनमा दोलखाको गौरीशंकर पालिकामा उपप्रमुख पदमा समेत निर्वाचन हुदै छ । देश भर स्थानीय तहमा ४२ पदमा निर्वाचन हुदै छ ।

Shares

Be the first to comment on "उपनिर्वाचनका लागि २५ राजनीतिक दलले गरे दल दर्ता"

Leave a comment

Your email address will not be published.


*