काठमाडौँ, २० असोजः सिन्धुपाल्चोकबाट सङ्घीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले केही दिनअघिको बाढीपहिरोबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सङ्घीय सांसद माधव सापकोटाको नेतृत्वमा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, सरल सहयात्री पौडेल, अमृता नेपाल र कुमारी तामाङले शनिबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीमार्फत सङ्कटग्रस्त क्षेत्रको सूची पुनरावलोकन गरी बढी क्षति भएका अन्य पालिकालाई पनि समावेश गर्न सरकारसँग माग गर्नुभएको हो । यही असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न १४ जिल्लाका ४१ वटा स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । यससँगै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका सङ्कटग्रस्त क्षेत्र घोषित भएको छ । यही असोज ११ र १२ गतेको भारी वर्षासँगैको बाढी र पहिरोबाट सिन्धुपाल्चोकका लिसङ्खु पाखर, सुनकोशी र जुगल गाउँपालिकामा मानवीयसहित ठूलो भौतिक क्षति भएको उल्लेख गर्दै उहाँहरूले सङ्कटग्रस्त क्षेत्र घोषणासम्बन्धी सूची पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । “बलेफी, चौतारा साँगाचोकगढी, पाँचपोखरी थाङ्पाल र बाह्रबिसेमा ठूलो भौतिक क्षति तथा मेलम्ची र हेलम्बु विपद्बाट गुजिरहेका छन्, अरनिको लोकमार्गसहित सहायक राष्ट्रिय लोकमार्ग छियाछिया भएका छन्”, ध्यानाकर्षणपत्रमा भनिएको छ, “सिन्धुपाल्चोकका सन्दर्भमा सङ्कटग्रस्त क्षेत्र घोषणा अपूर्ण र बिनातयारी गरिएको देखिन्छ । सरकारले अहिले गरेको निर्णयप्रति हाम्रो गम्भीर आलोचनासहित आपत्ति छ ।” सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७७ असोजमा सिन्धुपाल्चोक र बागलुङ र २०७८ साउनमा पुनः सिन्धुपाल्चोक र मनाङ जिल्लालाई नै ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको तथ्य स्मरण गराउनुभएको छ । (रासस)
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’
Posted By: दीक्षण दैनिक २० आश्विन २०८१, आईतवार १२:४०
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
१ कार्तिक २०८१, बिहीबार २०:४१
मन्थलीका होटल भरिभराउ
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:३५
सुनको मूल्यः प्रतितोला रु दुई हजारले बढ्यो
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १४:५४
Be the first to comment on "‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’"