नेकपा माओवादी केन्द्र दोलखाले पार्टी अध्यक्ष दहाललाई बुझायो ९ बुदेँ ध्यानाकर्षण पत्र

काठमाडौ (दीस) ः नेकपा माओवादी केन्द्र दोलखाले गत असार २१ र असोज १२ गतेको बाढी र पहिरोले दोलखामा पु¥याएको धनजनको क्षति, राहत, उद्धार तथा पुनर्निर्माणका विषयमा पार्टीको ध्यानाकर्षण गराएको छ । शनिबार राजधानी काठमाडौँमा सो पार्टीको पार्टी सम्बद्ध दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिले दशैको अवसरमा काठमाडौंमा गरेको भेटघाट तथा अन्र्तरक्रिया कार्यक्रममा भाग लिन आउनु भएका अध्यक्षलाई पार्टीका जिल्ला इन्चार्ज विशाल खड्काले पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ९ बुदँे ध्यानाकर्षण पत्र बुझाउनु भएको हो । ध्यानाकर्षण पत्रमा बाढीले निजी आवास, जलविद्युत आयोजना, राजमार्ग, कृषि तथा पशुपालन क्षेत्रमा डेढ अर्ब बढीको क्षति भएकोले त्यसलाई सरोकारवा निकायले क्षतिपूर्ति दिनु पर्ने उल्लेख गरिएको छ । पछिल्लो समय आएको बाढीले माथिल्लो तामाकोसी जलविद्युत आयोजना र विभिन्न ग्रामीण तथा पर्यटकीय क्षेत्रमा पु¥याएको क्षतिको उल्लेख गर्दै, पीडित पक्षलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई दबाव दिन आग्रह गरिएको छ । बाढीले प्रभावित गरेको पुष्पलाल राजमार्ग, झमार्सी खोला सडक खण्ड, र अन्य ग्रामीण सडकहरुको मर्मत तथा पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइएको छ। बाढी र पहिरोका कारण ७ जनाको मृत्यु र एक व्यक्ति वेपत्ता भएकोले ेपीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै दोलखाको प्रमुख पर्यटकीय स्थलहरुमा क्षति भएका पुल, पदमार्ग र संरचनाहरुको पुनर्निर्माण गरी पर्यटनलाई पुनर्जीवित गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । किसानहरुले बाढीका कारण आफ्नो उत्पादन बजारसम्म पु¥याउन नसकेर भएको क्षतिपूर्तिका लागि समेत उचित व्यवस्था गर्नुपर्ने र विभिन्न जिल्लाहरुमा यातायात सुचारु गर्न पहल गर्नुपर्नेमा पार्टीले जोड दिएको इन्र्चाज खड्काले बताउनु भयो ।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हँुदै अध्यक्ष दहालले आगामी उपनिर्वाचन र २०८४ को आमनिर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । त्यसको सुरुवात आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने उहाँले दाबी गर्नु भयो । पूर्वप्रधानमन्त्री समेत रहनु भएका दाहालले पछिल्लो समय प्राकृतिक प्रकोपका कारण सिर्जित संकट समाधानका लागि पार्टीले महत्वपूर्ण पहलकदमी लिएको र यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आग्रहसमेत गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय स्तरका र जिल्ला स्तरका नेताहरुले मन्तव्य व्यक्त गर्नुहुँदै पार्टीलाई जनजनमा लैजानु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाडांैमा रहेका सो पार्टीका नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

 

Shares

Be the first to comment on "नेकपा माओवादी केन्द्र दोलखाले पार्टी अध्यक्ष दहाललाई बुझायो ९ बुदेँ ध्यानाकर्षण पत्र"

Leave a comment

Your email address will not be published.


*