खुर्कोटमा बेलिबृज राखिने

चरिकोट –गत शनिवार सुनकोशी नदीमा आएको बाढीले बगाएको खुर्कोटको पक्की पुलको स्थानमा बेली ब्रिज निर्माण गरिने भएको छ। सेनालाई यो बेली ब्रिज निर्माणको जिम्मा दिन प्रक्रिया अघि बढाइएको छ। नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्कीका अनुसार हेटौंडाबाट बेलिब्रिजका सामग्रीहरू ल्याएर तत्काल निर्माणको काम सुरु गरिने सहमति भएको छ।

नेपाल सरकारका ऊर्जा राज्य मन्त्री कान्छा राम तामाङले आज हेटौंडाबाट सो पुलका सामग्री लोड गरेर खुर्कोट पठाउनु भएको छ। खुर्कोटको पुल बगाएपछि रामेछाप, दोलखा, ओखलढुंगा, र सोलुखुम्बु जिल्लाहरूमा आवतजावत र सामान ढुवानीमा समस्या उत्पन्न भएको छ, जसलाई बेली ब्रिजले समाधान गर्ने अपेक्षा गरिएको छ।

Shares

Be the first to comment on "खुर्कोटमा बेलिबृज राखिने"

Leave a comment

Your email address will not be published.


*