धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित

काठमाडौँ, १८ असोज : नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्वनिर्धारित अन्तर्वार्ता स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनुभएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो । –––

Shares

Be the first to comment on "धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित"

Leave a comment

Your email address will not be published.


*