परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न

चरिकोट ःपरोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा आज सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। यस संस्थाले वर्षभरि गरेका गतिविधिहरु र प्रगति प्रतिवेदनसँगै आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा आयोजना गरेको हो।

अध्यक्ष शर्मिला सापकोटाले आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म २,१४६ जना शेयर सदस्य र ४५० बाल बचतकर्ता रहेको जानकारी दिनुभयो। सहकारीको पूँजी १५ करोड ४६ लाख २ हजार ३ सय ३२ रुपैयाँ रहेको छ।

साधारण सभामा उत्कृष्ट योगदान दिने शेयर सदस्य र कर्मचारीहरुलाई सम्मान गरिएको थियो। ज्येष्ठ बचत शेयर सदस्य कृष्ण कुमारी थापा र सावित्रा न्यौपाने, उत्कृष्ट मासिक बचतकर्ता रजनी तामाङ, उत्कृष्ट दैनिक बचतकर्ता सोनी थापालाई सम्मान गरिएको छ। साथै, पूर्वसञ्चालक मन्दिरा दाहाल र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी गीता वाग्ले पनि सम्मानित भए।

सभाको अध्यक्षता शर्मिला सापकोटाले गर्नुभएको थियो भने बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का महासचिव जिवसराज खड्का प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।

यो सहकारी महिलाहरुले मात्र नेतृत्व गरेको संस्था हो, जसले महिलाहरुको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ। २०६८ सालमा स्थापना भएको यस सहकारीको कार्यक्षेत्र भीमेश्वर नगरपालिकाभरि फैलिएको छ।

कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, उपाध्यक्ष जगत प्रसाद सुवेदी र पत्रकार दीपशंकर चौलागाई लगायतले शुभकाकामना मन्तव्य व्यक्त गर्नुभएको उपाध्यक्ष अप्सरा चौलागाईले जानकारी दिनुभयो । त्यस्तै संस्थाको प्रगतिप्रतिवेदन सचिव कल्पना आचार्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष भवानी खड्काले प्रस्तुत गर्नुभएको थियो

Shares

Be the first to comment on "परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*