तामाकोशी–मन्थली सडक अन्तर्गत किर्नेटार सडकखण्ड सुचारु,मन्थली राजधानी काठमाडौँ जोडियो

तस्विरःरामेछापलाई दोलखासँग जोड्नका लागि बुधबार किर्नेटारमा डोजर लगाएर बैकल्पिक सडक निर्माण गरिदै

चरिकोट (दीस)ः पछिल्लो समयको बाढीले कटान गरेको तामाकोशी–मन्थली सडक अन्तर्गत किर्नेटार सडक खण्डको वैकल्पिक मार्ग बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। बाढीले सडक सम्पर्क विच्छेद भएपछि दोलखा र रामेछापलाई जोड्नका लागि किर्नेटार क्षेत्रमा वैकल्पिक सडक मार्ग निर्माण गरी बुधबार दिउँसोबाट यातायात सुचारु गरिएको हो।
तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीका अनुसार, किर्नेटार बजारबाट भित्र जाने बाटोलाई चौडा पारेर त्रिकुटेश्वर माविको पछाडिबाट हिमाल पावर लिमिटेडको कर्मचारी आवास क्षेत्र हुँदै फुटबल मैदानसम्म नयाँ ट्रयाक खोलेर सडक सञ्चालन गरिएको छ।
यसअघि, दोलखा र रामेछापका सरोकारवालाहरू बीच बसेको बैठकले किर्ने हाईड्रोपावर क्षेत्रबाट वैकल्पिक वाईपास सडक खोल्ने सहमति गरेको थियो । रामेछापलाई राजधानी काठमाडौँ तथा तराईसँग जोड्ने सुनकोसी नदीमाथिको सेलेघाट पुल बगाएपछि रामेछाप जिल्ला नाकाबन्दीमा परेको थियो।
खुर्कोट पुल बगाएपछि, रामेछापलाई काठमाडौँसँग जोड्ने वैकल्पिक सडकमार्ग मन्थली–चरिकोट–काठमाडौँ खण्डमा पनि बाढीले किर्नेटार क्षेत्रमा ४ सय मिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। यस क्षेत्रका सडकको पुनः सञ्चालनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्ण बहादुर तामाङको नेतृत्वमा बैठक बसेको थियो ।जसले वैकल्पिक मार्गमार्फत सडक पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। आजदेखि पूर्ण रुपमामन्थली–चरिकोट हुँदै काठमाडौँसम्म यातायात सञ्चालनमा आउने छ । विपी राजमार्ग तथा सेलेघाटको पुल मर्मत नभएसम्म, यो वैकल्पिक सडक मार्ग हुँदै रामेछाप र सोलुखुम्बु जिल्लामा यातायात संञ्चालन हुनेछ ।

 

 

Shares

Be the first to comment on "तामाकोशी–मन्थली सडक अन्तर्गत किर्नेटार सडकखण्ड सुचारु,मन्थली राजधानी काठमाडौँ जोडियो"

Leave a comment

Your email address will not be published.


*