बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला पक्षहरूको बैठकले बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले हालसम्म काटिएका टिकटहरूको यात्रालाई सुनिश्चित गर्ने, तर अबका लागि बाटोको अवस्था ठीक भए मात्रै नयाँ टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

साथै, बैठकमा बाढी-पहिरोबाट प्रभावित भएका यातायात व्यवसायीहरूलाई क्षतिपूर्ति दिने, काठमाडौँदेखि नारायणगढसम्म उज्यालोमा मात्र गाडी चलाउने, र जोखिमपूर्ण (रेड जोन) क्षेत्रमा हेभी इक्विपमेन्ट तयारी अवस्थामा राख्ने जस्ता १० बुँदे सहमति पनि गरिएको छ।

यसअघि, बाटोको खराब अवस्थाका कारण यातायात व्यवसायीहरूले टिकट बुकिङ बन्द गर्ने योजना बनाएका थिए, तर अब अवस्था हेरेर मात्र टिकट बुकिङको निर्णय लिने सहमति भएको छ।

Shares

Be the first to comment on "बाटोको अवस्था हेरेर मात्रै अग्रिम टिकट बुकिङ गरिने"

Leave a comment

Your email address will not be published.


*