काठमाडौँ, १२ असोज : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् । हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ । नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ । (रासस)
विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
Posted By: दीक्षण दैनिक १२ आश्विन २०८१, शनिबार १९:०७
५ कार्तिक २०८१, सोमबार १३:०५
५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइने
५ कार्तिक २०८१, सोमबार १२:४३
सुनको मूल्यमा नयाँ कीर्तिमान
५ कार्तिक २०८१, सोमबार १२:३९
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
५ कार्तिक २०८१, सोमबार १२:५३
रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै
५ कार्तिक २०८१, सोमबार १३:०९
रोल्वालिङ हिमश्रृंखलाको उत्तर पश्चिमी मोहडाबाट दुई आरोहीद्वारा सफल आरोहण
५ कार्तिक २०८१, सोमबार १२:५२
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
५ कार्तिक २०८१, सोमबार १३:०२
Be the first to comment on "विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता"