काठमाडौँ, ११ असोजः लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा रु पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ । रासस
सुनको मूल्यमा पाँच सयले वृद्धि
Posted By: दीक्षण दैनिक ११ आश्विन २०८१, शुक्रबार १७:४९
३ कार्तिक २०८१, शनिबार १८:२६
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण
३ कार्तिक २०८१, शनिबार १४:४३
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
३ कार्तिक २०८१, शनिबार १५:०५
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
३ कार्तिक २०८१, शनिबार १४:४०
Be the first to comment on "सुनको मूल्यमा पाँच सयले वृद्धि"