राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन

चरिकोट ––राष्ट्रिय दलित पत्रकार संघ, जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन भएको छ । बिहिबार चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनले उद्धव विश्वकर्माको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा हिरालाल बराल,सचिवमा ईश्वर विश्वकर्मा र सहसचिवमा प्रदिप सेन्चुरी , कोषाध्यक्षमा राधिका लकान्द्री, चयन हुनु भएको संघले जनाएको छ । सदस्यहरूमा किशोर लगुन, सुमन लोहार, सविना रसाइली, र रोशनी लामीछाने चयन हुनु भएको छ । त्यसैगरी, केन्द्रिय पार्षदमा राजन घतानी र सुदिप रसाइली तथा प्रदेश पार्षदमा प्रकाश कौशल चयन भएको संघले जनाएको छ । अधिवेशनको अवसरमा दोलखाका पत्रकारहरु सम्मानित हुनु भएको थियो ।

Shares

Be the first to comment on "राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दोलखामा नयाँ नेतृत्व चयन"

Leave a comment

Your email address will not be published.


*