काठमाडौँ, : निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने स्थानीय तहको उपनिर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगकाअनुसार त्यसका लागि मङ्सिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ भने सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मङ्सिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ । सोही दिनको दिउँसो ३ बजे उपरान्त मङ्सिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । मङ्सिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो । आयोगले मतदान सुरु हुनुभन्दा अठ्चालिस घण्टा अगाडि अर्थात् मङ्सिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने जानकारीसमेत सबैलाई गराएको छ । (रासस)
स्थानीय तह उपनिर्वाचन कार्यक्रम सार्वजनिक
Posted By: दीक्षण दैनिक ११ आश्विन २०८१, शुक्रबार ०७:१८
३ कार्तिक २०८१, शनिबार ११:०८
माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी
३ कार्तिक २०८१, शनिबार १८:२६
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण
३ कार्तिक २०८१, शनिबार १४:४३
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
३ कार्तिक २०८१, शनिबार ११:२८
विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
३ कार्तिक २०८१, शनिबार १५:०५
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
३ कार्तिक २०८१, शनिबार १४:४०
Be the first to comment on "स्थानीय तह उपनिर्वाचन कार्यक्रम सार्वजनिक"