काठमाडौँ, ९ असोजः साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ । सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ । पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले अहिले साल्ट ट्रेडिङसँग हतारमा सहकार्य गरिएकाले धेरै ठाउँमा पसल सञ्चालन गर्न नसकिएको बताउनुभयो । आगामी दिनमा साल्ट ट्रेडिङसहित सरकारका अन्य सुपथ मूल्य पसल सञ्चालन गर्ने निकायसित पनि सहकार्य गरेर देशैभर पसल सञ्चालन गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । नेपाली उत्पादनलाई सर्वसुलभ बनाउन सङ्घ लागिपरेको उहाँ बताउनुहुन्छ । उहाँले नेपाली उत्पादनलाई देशव्यापी बनाएर सबैको सहज पहुँच बनाउन जुत्ता उत्पादक सङ्घले पहल गरिरहेको बताउनुभयो । जुत्ता उत्पादक सङ्ले नेपाली जुत्तालाई सिंहदरबारदेखि गाउँसम्म पु¥याउन प्रयत्न गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार नेपाली जुत्ताको सुपथ पसल सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत सकारात्मक भूमिका रहेको छ । सङ्घका अध्यक्ष न्यौपानेले भन्नुभयो, “नेपाली जुत्ताको बजार प्रवद्र्धनमा उद्योगमन्त्री दामोदर भण्डारीले पनि हामीलाई राम्रो साथ दिनुभएको छ, उहाँले नेपाली जुत्ता उत्पादकलाई बढीभन्दा बढी जत्ताको बजार बढाउन उत्साह दिई रहनुभएको छ, मन्त्री ज्यूले हामीलाई नेपाली जुत्ताको विदेशी बजारमा बजारीकरणलगायत अन्य व्यापार मेला तथा महोत्सवमा उद्योग मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।” सङ्घका पूर्वअध्यक्ष होमनाथ उपाध्यायले सरकारको प्रतिष्ठित संस्थासँग जोडिएर उपभोक्तालाई विश्वास दिलाउनु जुत्ता उत्पादक सङ्घको प्रमुख लक्ष्य रहेको बताउनुभयो । उहाँले नेपाली उत्पादित वस्तुबारे आम उपभोक्तालाई जानकारी गराउन पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको बताउनुभयो । यस्तै सङ्घका वरिष्ठ उपाध्यक्ष सुरज बञ्जाडेले सरकार मातहतमा सञ्चालन गरिने सुपथ मूल्य पसलमा आगामी दिनमा देशैभर नेपाली जुत्ताका सुपथ मूल्य पसल पनि सञ्चालन गरिने बताउनुभयो । उहाँले सकभर सङ्घले देशैभर वर्षभर नै सञ्चालन गर्ने गरेर सबै नेपाली ब्राण्डमा जुत्ता एकै स्थानमा राखेर बजार सञ्चालनको प्रयास गर्ने बताउनुभयो । –––
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
Posted By: दीक्षण दैनिक ९ आश्विन २०८१, बुधबार १३:२०
२ कार्तिक २०८१, शुक्रबार १४:४५
खुर्कोटमा बेली बृज निर्माण सम्पन्न
२ कार्तिक २०८१, शुक्रबार १४:३६
च्छो रोल्पा घुम्ने पर्यटकको संख्यामा बृद्धि
२ कार्तिक २०८१, शुक्रबार १४:३१
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदमा उपनिर्वाचनमा अनिवार्य महिला उम्मेद्वार उठाउनुपर्ने
२ कार्तिक २०८१, शुक्रबार १४:४९
मनलाग्दी भाडा लिएको भन्दै वडाले निकाल्यो विज्ञप्ति
२ कार्तिक २०८१, शुक्रबार १५:१५
चालु आर्थिक बर्ष जिरीमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य
२ कार्तिक २०८१, शुक्रबार १५:०७
दोलखामा ट्राफिक कार्यालयको सकृयता बढ्यो
२ कार्तिक २०८१, शुक्रबार २०:२०
रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा
२ कार्तिक २०८१, शुक्रबार १४:५४
भीमेश्वर नगरपालिकाले कुकुरको बन्ध्याकरण गर्ने
२ कार्तिक २०८१, शुक्रबार १५:२८
सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने
२ कार्तिक २०८१, शुक्रबार १५:३३
लुक्लाको मौसम प्रतिकुल हुँदा पर्यटकलाई सास्ती
२ कार्तिक २०८१, शुक्रबार १५:४५
देशभरको तापक्रम क्रमशः घट्दो
२ कार्तिक २०८१, शुक्रबार १५:३८
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
२ कार्तिक २०८१, शुक्रबार १५:३५
Be the first to comment on "साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल"