चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार

चरिकोट–दोलखाको सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा फेला परेको मृगलाई सुरक्षित रूपमा उद्धार गरी जंगलमा छोडिएको छ। शनिबार दिउँसो बजार क्षेत्रमा भाग्दै आएको मृगलाई स्थानीयले डिभिजन वन कार्यालय दोलखामा जानकारी दिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो। सामाजिक अभियन्ता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल दोलखाका कोषाध्यक्ष राजन बस्नेतका अनुसार, मृगलाई भीमेश्वर नगरपालिका–५ स्थित च्यासे भगवती सामुदायिक वनमा छोडिएको छ।

उद्धार कार्यमा डिभिजन वन कार्यालयका रेन्जर गुप्त बस्नेत नेतृत्वको टोलीले खटिएको थियो। यसअघि पनि अभियन्ता बस्नेतले लोपोन्मुख प्रजातिको बिरामी अवस्थाको निर बिरालोको उद्धार गरी डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको बताउनु भयो ।

Shares

Be the first to comment on "चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार"

Leave a comment

Your email address will not be published.


*