समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न

चरिकोट (दीस) ः गौरीशंकर सामुदायिक पुस्तकालयको आयोजनामा समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । तीन दिनसम्म चलेको यो तालिम सदरमुकाम चरिकोटमा आयोजित भएको थियो जसमा विपद्को समयमा कसरी उद्धार र खोजी गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।

तालिममा ३४ जना सहभागीहरूले भूकम्प, बाढीपहिरो, चट्याङ, आगलागी, डढेलो, सडक दुर्घटना जस्ता विविध विपद्का अवस्थाहरूमा कसरी काम गर्न सकिन्छ भनेर तालिममा सीप आर्जन गरेको थिए । गौरीशंकर सामुदायिक पुस्तकालयका सचिव नवराज न्यौपानेले विपद्मा घाइते भएका वा हराएका व्यक्तिहरूलाई खोजी गर्ने र उनीहरूलाई तत्काल घटनास्थलमै प्राथमिक उपचार कसरी प्रदान गर्ने भन्ने विषयमा पनि प्रशिक्षण गराइएको जानकारी दिनुभयो।

समापन कार्यक्रमको अध्यक्षता गौरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बहादुर बस्नेतले गर्नुभएको थियो, भने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरत नारायण प्रधान, सशस्त्र प्रहरी बल दोलखाका प्रहरी नायव उपरीक्षक र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले मन्तव्य व्यक्त गर्नुभएको थियो।
यो तालिम एएसबी नेपाल र रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी दोलखाको सहकार्यमा सम्पन्न भएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

 

 

Shares

Be the first to comment on "समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*