विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा भीमेश्वर नगर भित्रका विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा बिहिवार एमाले निकट अनेरास्ववियु भीमेश्वर नगर कमिटीको आयोजनामा सो दौड प्रतियोगिता सम्पन्न भएको हो ।
दौडमा छात्रा तर्फ कालिञ्चोक माध्यमिक विद्यालयकी छात्र पेमा ढोल्मा तामाङ प्रथम, सर्व माध्यमिक बिद्यालय, जिलुका इशा मुग्राती द्वितीय तथा क्षमावती माध्यमिक बिद्यालयका सुस्मिता थामी तृतिय हुनु भएको थियो । यसैगरी छात्र तर्फ भिम माध्यमिक बिद्यालयका बिष्णु थामी प्रथम, हिमालयन क्राउन बोर्डिङ स्कुलकासाङ्गे तामाङ द्वितीय तथा कालिन्चोक माध्यामिक बिद्यालयका रुपेश तामाङले तृतीय स्थान प्राप्त गर्न सफल हुनु भएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थीहरुलाइ नगद रु. ५०००, द्वितीय हुने बिद्यार्थीहरुलाई नगद रु.३०००, तथा तृतीय हुन सफल बिद्यार्थीहरुलाई नगद रु. २००० रुपैयाँ ,मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Shares

Be the first to comment on "विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न"

Leave a comment

Your email address will not be published.


*