अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउँदै बिगु गाउँपालिका

चरिकोट, (दीक्षण समाचार)—विगु गाउँपालिकाले अनाधिकृत रुपमा निर्माण भएका टहरा तथा भौतिक संरचना हटाउन आग्रह गरेको छ । । विगु गाउँपालिका अन्तर्गत वडा नंं १ लामाबगरदेखि वडा नं. ४ भोर्ले सम्मको सडकको दाँया बायाँ सडकको मापदण्ड मिचेर बनाइएका घर तथा टहराहरु हटाउनको लागि गाउँपालिकाले सूचना जारी गरेको छ ।
सार्वजनिक जग्गा तथा बन क्षेत्रमा अतिक्रमण गरि बनाईएका स साना भौतिक संरचना तथा टहराहरु हटाउनको लागि गाउँपालिकाले सुचना जारी गरेको छ । गाउँपालिकालाई व्यवस्थित गर्दै सार्वजनिक सम्पत्तिको रक्षा गर्न साथै सडक स्तरोनन् तिगर्नका लागि मापदण्ड विपरीत निर्माण गरिएका घर तथा टहराहरु हटाउने अभियान सुरु गरिएको पालिकाका प्रशासकीय अधिकृत छोइसाङ तामाङले बताउनु भएको छ ।
पालिकाले उक्त क्षेत्रका जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर तथा टहराहरु भदौ २५ गते सूचना जारी गरेको दिनदेखि ७ दिन भित्रमा सार्वजनिक जग्गा खाली गर्नको लागि समय सीमा तोकेको छ । सार्वजनिक जग्गा तथा बन क्षेत्रलाई मिचेर बनाइएका संरचना निर्धारित समयमा नहटाइए वा सूचनालाई अटेर गरेमा प्रचलित कानुनअनुसार पालिकाले नै बल प्रयोग गरेर भए पनि अनधिकृत संरचनाहरु हटाउँने र उक्त संरचना हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति वा संघ संस्थाले नै बेहोर्नु पर्ने पालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

 

 

Shares

Be the first to comment on "अनाधिकृत रुपमा निर्माण भएका संरचना हटाउँदै बिगु गाउँपालिका"

Leave a comment

Your email address will not be published.


*