विद्यार्थीलाई ब्याग वितरण

चरिकोट(दीस)ः गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाले विद्यार्थीलाई निशुल्क व्याग वितरण गरेको छ । तिज पर्वको उपलक्ष्यमा विहिबार क्याम्पसमा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ७६ जना विद्यार्थीलाई ब्याग वितरण गरिएको हो ।
क्याम्पस सञ्चालक समितिका सदस्य रामजीप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको तीज विशेषकार्यक्रममा निःशुल्क व्याग वितरण गरिएको क्याम्पसले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि चौलागाई,क्याम्पसका क्याम्पस प्रमुख शान्त केसी,हायक क्याम्पस प्रमुख बालकृष्ण फुँयालले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "विद्यार्थीलाई ब्याग वितरण"

Leave a comment

Your email address will not be published.


*