च्छोरोल्पा अस्पतालमा भेटियो डेंगुको बिरामी

चरिकोट,(दीक्षण समाचार) –दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा डेंगु संक्रमणका एक जना बिरामी फेला परेका छन् । अस्पतालमा उपचारका क्रममा आएका एक जना बिरामीमा सो संक्रमण फेला परेको हो । भीमेश्वर नगरपालिका वडा नम्बर– ५ का एक पुरुषमा डेंगुको पहिचान भएको हो । वान्ता हुने, उच्च ज्वरो आउने, हातखुट्टा कट्कटी खाने जस्ता समस्या देखिएपछि मंगलवार अस्पताल पुग्नुभएका उहाँमा देखिएको लक्षणको आधारमा डेंगु परीक्षण गर्दा डेंगु पहिचान भएको अस्पतालले जनाएको छ ।

 

Shares

Be the first to comment on "च्छोरोल्पा अस्पतालमा भेटियो डेंगुको बिरामी"

Leave a comment

Your email address will not be published.


*