दोलखा महोत्सवको आय–व्यय विवरण सार्वजनिक

चरिकोट(दीस)ः दोलखा उद्योग वाणिज्य संघले गत वर्ष आयोजना गरेको दोलखा महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरेको छ । सदरमुकाम चरिकोटमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी संघले सो विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरण अनुसार महोत्सवबाट ४० लाख ८३ हजार ८ सय १२ रुपैँया आम्दानी भएको थियो । यसैगरी ४२ लाख ३८ हजार ४ सय ४४ रुपैयाँ खर्च भएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष श्याम कायस्थले जानकारी दिनुभयो । आमदानीको तुलनामा १ लाख ५४ हजार ६ सय ३२ रुपैयाँ खर्च भएको भएतापनि कतिपय रकम उठ्न बाँकी रहेको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "दोलखा महोत्सवको आय–व्यय विवरण सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*