दोलखाका प्रमुख तीन दलले बुझाए प्रधानमन्त्रीलाई १३ बुदेँ ध्यानाकर्षणपत्र

काठमाडौ (दीस) ः दोलखाका प्रमुख तीन दलले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष १३ बुदेँ ध्यानाकर्षणपत्र बुझाएका छन् । सोमबार नेपाली काँग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका दोलखा जिल्लाका नेताहरुले प्रधानमन्त्रीलाई उक्त ध्यानाकर्षणपत्र बुझाएका हुन्। नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमालेका अध्यक्ष नरबहादुर श्रेष्ठ तथा नेकपा माओवादी केन्द्र दोलखा जिल्ला संयोजक कमल श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानकर्षणपत्रमा लामबगर– फलाक त्रिदेशीय मार्ग अविलम्ब निर्माण गर्नु पर्ने, तामाकोशी तेस्रो जलविद्युत आयोजना पूर्ण क्षमतामा निर्माण गर्नु पर्ने उल्लेख गरिएको छ । त्यसैगरी , खरिढुंगा स्थित म्याङ्नेसाइट उद्योग संचालन गर्नुपर्ने , चरिकोटमा माउन्टेन फ्लाईटका लागि विमानस्थल निर्माण गर्नु पर्ने, फिल्मसिटी निर्माण द्रुत गतिमा गर्न माग गरिएको छ । त्यसैगरी ,पर्यटकीय प्रचुर संभावना रहेको दोलखाको कालिन्चोक, जिरी शैलुङ, विगु, लप्ची, भीमेश्वर मन्दिर, गौरीशंकर च्छोरोल्पा हिमताल, रोल्वालिङ पदमार्ग लगायतका क्षेत्रहरुलाई पर्यटकीय गन्तब्य बनाउन सरकारले पहल गर्नु पर्नेमा जोड दिएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । जिल्लाको मेलुङ गाउँपालिका स्थीत भेडपुमा सिंगो गाउँ नै र जिल्लाको विभिन्न ठाउँमा जग्गा सम्वन्धी समस्या रहेको हुँदा त्यसको समाधानको लागि पहल गरिन प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ । जलस्रोत, वनबनजंगल, पर्यटन, कृषि, हरेक हिसावले प्रचुर संभावना रहेको दोलखाका आम नागरिकको जनजीवनसंग जोडिने योजनाहरु निर्माण नै दोलखाको विकास सबै राजनैतिक दलहरुको साझा एजेन्डा भएको हुँदा जिल्लाका मुख्य राजनैतिक दलहरुले जिल्लाको विकास निर्माणमा एकजुट हुनु पर्ने भएकाले ध्यानाकर्षणपत्र बुझाइएको दोलखाका प्रमुख दलहरुको भनाई रहेको छ । दोलखाका प्रमुख दलहरुले विगतमा पनि यसरी गरी नै सरकारको बिभिन्न निकायमा ध्यानाकर्षण पत्र बुझाउदै आएका छन् ।

दोलखाका राजनैतिक दलहरुको ध्यानाकर्षपत्र बुझ्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्र चौपट अवस्थामा रहेकोले सरकार त्यसलाई सुधार गर्ने उपायका साथ काम गरिरहेको बताउनु भएको थियो । प्रधानमन्त्री ओलीले सरकारी ढुकुटी रित्तो रहेको, संचित कोषमा पैसा सकिएको र कर्मचारीको तलब खुवाउनका लागि समेत सरकारले ऋण खोज्नु पर्ने अवस्थामा पुगेको प्रक्रिया दिनु भएको थियो । प्रधानमन्त्री ओलीले चौपट अवस्थामा पु¥याइएको अर्थतन्त्रलाई लयमा फर्काउने गरी सरकारले काम गरिरहेको बताउनु भयो । सरकारकोे नयाँ नीति अनुसार अर्थतन्त्रमा सुधार आएसँगै दोलखाको विकासमा आफुले सक्दो सहयोग गर्ने दलका प्रतिनिधी सामु प्रतिवद्वता जनाउनु भएको थियो । देशका ठुला विकास ,उत्पादन र प्रतिफल दिने क्षेत्रमा मात्र सरकारले लगानी गर्नु पर्ने बाध्यता रहेको उहाँको भनाई रहेको थियो।

Shares

Be the first to comment on "दोलखाका प्रमुख तीन दलले बुझाए प्रधानमन्त्रीलाई १३ बुदेँ ध्यानाकर्षणपत्र"

Leave a comment

Your email address will not be published.


*