काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ । निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ । नेप्से परिसूचक आज ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा रु २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ । कुल बजार पुँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह पाँच दजशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेको छ । आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २२ करोड ८० लाख ७२ हजार चार सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को रु २६ लाख ६९ हजार तीन सय ५० बराबरको कारोबार भएको छ । (रासस)
सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक
Posted By: दीक्षण दैनिक २८ श्रावण २०८१, सोमबार १५:५८
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार २०:२२
नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार १२:३६
सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
४ आश्विन २०८१, शुक्रबार २०:०८
विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
४ आश्विन २०८१, शुक्रबार २०:३५
Be the first to comment on "सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक"