रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल

चरिकोट(दीस)ः गत असार २१ गते आएको बाढी पहरोका कारण अवरुद्ध रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल गरिएको छ । क्षति भएको पदमार्ग सुचारु गर्न गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरु बीचमा छलफल भएको हो ।


स्थानीय तहका जनप्रतिनिधिहरु तथा सरोकारवालाहरु वीच पदमार्ग खोल्ने बारेमा आइतवार छलफल भएको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिनुभयो । छलफलमा गौरीशंकर गाउपालिकाका अध्यक्ष विश्वास कार्की, बौद्ध धर्मगरु ङावङ तेन्जीन लामा,रोलवालिङ सांस्कृतिक समाजका पदाधिकारीहरु एवं रोलवालिङ एभरेष्ट समिति कलका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Shares

Be the first to comment on "रोल्वालिङ पदयात्रा मार्ग सुचारु गर्न छलफल"

Leave a comment

Your email address will not be published.


*