सिक्किम केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प,पूर्वी नेपालमा समेत धक्का

चरिकोट (दीस)भारतकाे सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।

त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

Shares

Be the first to comment on "सिक्किम केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प,पूर्वी नेपालमा समेत धक्का"

Leave a comment

Your email address will not be published.


*