“विद्यार्थीसँग ट्राफिक प्रहरी” अभियान कार्यक्रम सम्पन्न

चरिकोट ( दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले “विद्यार्थीसँग ट्राफिक प्रहरी” अभियानलाई तीब्रता दिएको छ । जिल्ला भित्र विभिन्न विद्यालय यो अभियानलाई तीब्रता दिएको प्रहरीले आइतबार चरिकोटमा रहेको राइजिङ स्कुलमा दिएको एकदिने ट्राफिक सचेतना अभियान अन्र्तगत विद्यार्थीलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएको छ । सो कार्यक्रममा एक सय ५ जना विद्यार्थी सहभागि भएका थिए । तालिममा विद्यार्थीलाई ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रमुख ठाकुर प्रसाद भट्टराई र टोल बिकास संस्था चरिघ्याङका अध्यक्ष दावा लामाले प्रशिक्षण दिनु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीले यस अघि जिल्लाका बिभिन्न विद्यालयमा प्रशिक्षण दिएको छ ।

Shares

Be the first to comment on "“विद्यार्थीसँग ट्राफिक प्रहरी” अभियान कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*