कालिञ्चोकका होटल ब्यवसायीलाई भूवहाल कर तिर्न आग्रह

दोलखा, ६ चैत । दोलखाको कालिनचोक भगवती मन्दिरको फेदीमा रहेको कुरी बजारको दृश्य । कालिनचोक दर्शन गर्न आउनेहरू यस ठाउँमा वास बस्ने र आराम गर्ने गरिन्छ । तस्वीरः रत्न श्रेष्ठ÷ रासस

चरिकोट(दीस)ः कालिञ्चोक निकट कुरी क्षेत्रका होटल ब्यवसायीहरुलाई भुबहाल बुझाउन भीमेश्वर,कालिञ्चोक, त्रिपुरासुन्दरी गुठी ब्यवस्थापान समितिले आग्रह गरेको छ । एक सार्वजनिक सूचना प्रकाशन गर्दै समितिले सो आग्रह गरेको हो ।
विगतदेखि सम्झौता गरी होटल ब्यवसाय सञ्चालन गर्दै आएका ब्यवसायीहरुलाई श्रावण मसान्तसम्म सम्झौता बमोजिमको भूबहाल कर बुझाउन सूचनामा भनिएको छ । पटकपटक ताकेता गर्दा पनि कतिपयले भूवहालकर नतिरेको उल्लेख गर्दै अटेर गर्नेहरु विरुद्ध कानुन बमोजिम कारवाही गरिने समितिले जनाएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोकका होटल ब्यवसायीलाई भूवहाल कर तिर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*