मन्त्री काफ्लेलाई गृह जिल्लामा सम्मान

चरिकोट (दीस) ः बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गृह जिल्ला दोलखामा स्वागत गरिएको छ । बागमती प्रदेशको मन्त्रीमा नियुक्त भएपछि आइतबार दोलखा आइपुग्नु भएसँगै गृह जिल्लामा बाजा गाजा सहित स्वागत गरिएको हो । उहाँलाई सदरमुकाम चरिकोटमा प्रवेश गर्दै गर्दा नेपाली कांगे्रसका भात्रि संगठन तरुण दल तथा नेविसँघका नेता कार्यक्रताले मोटरसाइकल ¥याली सहित स्वागत गरेका थिए । मन्त्री काफ्लेलाई नेपाली कांग्रेसको पार्टी कार्यालय दोलखामा आयोजित कार्यक्रममा पार्टी सभापति बर्मा लामाले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो । सोही कार्यक्रममा पार्टीका उपसभापति अर्जुन शिवाकोटी , भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले मन्त्री काफ्लेले दोलखाको विकासमा सहयोग गर्ने अपेक्षा सहित शुभकामना दिनु भएको थियो । त्यस्तै आइतबार नै मन्त्री काफ्लेले दोलखाको विभिन्न सरकारी कार्यालय तथा संघ संस्थाले बधाई तथा सम्मान गरेका छन् । जिल्ला समन्वय समिति दोलखा , दोलखा उद्योग बाणिज्य संघ , चेम्बर अर्फ कर्मश दोलखाले बधाई तथा सम्मान कार्यक्रम राख्दै उहाँलाई सफल कार्यकालको शुभकामना दिएका छन्  । नेपाली कांगे्रसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई संम्वोधन गर्नु हुदै मन्त्री काफ्लेले प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारहरु क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको छ । दोलखाका विभिन्न सँघ संस्थाले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले अहिले प्रदेश सरकारहरु सरकारजस्तो नभएर विकासे अड्डा जस्तो भएकोले प्रदेश सरकारको सेवा प्रवाहलाई सुधार गरी सरकारकै रुपमा चलाउने गरी वर्तमान प्रदेश सरकारले काम गरिरहेको बताउनुुभयो । वर्तमान बागमती प्रदेश सरकारले नागरिकले गर्व गर्नेगरी कार्यगर्ने प्रतिवद्धता जनाउनु भयो । प्रदेश सरकारप्रति जनताको असन्तुष्टि बढेकाले वागमती प्रदेशका सबै मन्त्रालयको नीतिगत सुधार गरेर सरकारको उपस्थिति बलियो बनाउने बताउनु भयो । बागमती सहित कुनै पनि प्रदेशले संघियताको प्रयोग गर्न नसकेको भन्दै उहाँले प्रदेश सरकारहरु विकासे अड्डाको रुपमा अघि बढेको टिप्पणी गर्नुभयो ।
साउन ९ गते बागमती प्रदेश सरकारको मन्त्री बनेका काफ्ले मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला दोलखा आउनु भएको हो । उहाँ नेपाली कांग्रेसको तर्फबाट दोलखाबाट पहिलो पटक प्रदेशमा मन्त्री हुनु भएको हो भने दोलखाबाट बागमति प्रदेशमा चौथो मन्त्री हुनु भएको हो । गृह जिल्ला आइपुग्नु भएका काफ्लेले दोलखाका सबै स्थानीय तहमा नागरिकसँग सुझाब लिने कार्यक्रम रहेको उहाँको सचिबालयले जनाएको छ ।

Shares

Be the first to comment on "मन्त्री काफ्लेलाई गृह जिल्लामा सम्मान"

Leave a comment

Your email address will not be published.


*