शैलुङ गाउँपालिकाको गाउँसभा मंगलवार बस्दै

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाको स्थगित १६ औं गाउँसभाको बैठक पुनः मंगलवारका लागि बोलाइएको छ । बजेटका विषयमा विवाद हुँदा यस अघि दुईपटक स्थगित गाउँसभाको बैठक मंगलवारका लागि पुनः बोलाएएको हो ।
श्रावण २२ गते बैठक आह्वान गरिएको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । सोही बैठकमा आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गरिने गाउँपालिकाले जनाएको छ । यसअघिका बैठक दलहरु बीचको विवादका कारण स्थगित भएका थिए ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिकाको गाउँसभा मंगलवार बस्दै"

Leave a comment

Your email address will not be published.


*