दक्षिणकाली दुर्घटनामा परी दाेलखाकाे गाैरीशंंकर गाँउपालिकाका २ जना महिलाको मृत्युु

काठमाडौँ । दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल भैंसी बजारस्थित सडकमा भएको दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । चाल्नाखेलबाट भैंसीबजारतर्फ जाँदै गरेको बा.१८ च ५३४४ नम्बरको डिआई गाडी शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार दोलखा गौरीशंकर गाउँपालिका घर भएकी ३५ वर्षीया निर्माला तामाङ र ३२ वर्षीया श्रीमाया तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको अल्का हस्पिटल ललितपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Shares

Be the first to comment on "दक्षिणकाली दुर्घटनामा परी दाेलखाकाे गाैरीशंंकर गाँउपालिकाका २ जना महिलाको मृत्युु"

Leave a comment

Your email address will not be published.


*