तान्त्रिक विधिद्वारा भीमेश्वरमा क्षमापूजा

चरिकोट(दीस)ः प्रशिद्ध भीमेश्वर मन्दिरमा तान्त्रिक विधिद्वारा नेवारी समुदायबाट क्षमापूजा गरिएको छ । तान्त्रिक विधिवाट क्षमापूजा बुधवार गरिएको हो ।
ललितपुरकी सामाजिक अभियान्ता माया बैद्यले भीमेश्वर मन्दिरमा मानव कल्याण र लोकमा शान्तिको कामना गर्दै मंगलबार बेलुका देखि बुधबार दिनभर अखण्ड हवन,रुद्री तथा होम गरी क्षमा पुजा गर्नुभएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितीले जानकारी दिएको छ । भीमेश्वरको शिलामा पसिना आएपछि राष्ट्रध्यक्षबाट क्षमा पूजा पठाउने परम्परा अनुसारका पूजा भने यस अघिनैं भइसेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो । भीमेश्वरको शिलामा यही श्रावण महिनामा दुई पटक पसिना आएको थियो ।

Shares

Be the first to comment on "तान्त्रिक विधिद्वारा भीमेश्वरमा क्षमापूजा"

Leave a comment

Your email address will not be published.


*