खोटाङ, १६ साउन : जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “टेकबहादुर यही साउन ६ गतेदेखि जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन् । उनकी २२ वर्षीया श्रीमती निर्मलाको २०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन उनीहरूको उद्धार गरिएको हो ।” प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरु अहिले सोही आश्रममा जीवनयापन गरिरहेका छन् । –––
खोटाङमा दलित बालबालिकाको उद्धार
Posted By: दीक्षण दैनिक १६ श्रावण २०८१, बुधबार १२:३७
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार २०:२२
नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार २०:३५
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार २०:०८
विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
४ आश्विन २०८१, शुक्रबार १२:३६
Be the first to comment on "खोटाङमा दलित बालबालिकाको उद्धार"