काठमाडौँ, १५ साउन: नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा देशभरका कार्यालयमा आज वृक्षारोपण गरेको छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालय, वितरण केन्द्र/उपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालय, सबस्टेसन कार्यालय, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादनगृहमा कार्यरत कर्मचारीले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानमा वृक्षारोपण गरेका हुन् । कार्यालयले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरुपका फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेका छन् । जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाको निर्माण गर्दा रुख काट्ने मात्र होइन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमा वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो । प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षरोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले विभाग परिसरमा बिरुवा रोपी वृक्षारोपण कार्यको सुरुवात गर्नुभयो । विद्युत् नियम आयोगका अध्यक्ष रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतनबहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कर्मचारीले बिरुवा राप्नुभयो । अम्बा, आँप, सुन्तला, हलुवावेद, बेलपत्रलगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा मन्त्री खड्काले जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षति कम गर्नका लागि वृक्षारोपण महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत् निर्माणमा हाल बेहोरिहेका बाधाअवरोध हटाउन कानुन संशोधनलगायत काम गर्न क्रियाशील रहने बताउनुभयो । कार्यकारी निर्देशक घिसिङले जलविद्युत् र प्रसारण लाइन आयोजना निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्तिबापत र रुख काट्ने मात्र होइन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैँले पनि वृक्षारोपण सुरु गरेको बताउनुभयो । घिसिङले नेपालका जलविद्युत् आयोजनाबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशमा निर्यात गर्न सफलता मिलिरहेको बताउनुभयो । —
विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण
Posted By: दीक्षण दैनिक १५ श्रावण २०८१, मंगलवार १३:१९
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार २०:२२
नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार २०:३५
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार २०:०८
विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
४ आश्विन २०८१, शुक्रबार १२:३६
Be the first to comment on "विद्युत् प्राधिकरणका देशभरका कार्यालयमा वृक्षारोपण"