पहिरोले खानी खोला जलविद्युत आयोजनाको ड्याममा क्षति

चरिकोट(दीस)ः बाढीसँगै आएको पहिरोले गौरीशंकर गाउँपालिका वडा नम्बर सातमा रहेको खानी खोला जलविद्युत आयोजनाको ड्याममा ठूलो क्षति पु¥याएको छ । मंगलवार राति परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोले जलविद्युत आयोजनाको ड्यामामा क्षति पु¥याएको हो ।
बाढी तथा पहिरोले आयोजनाको हेड्वक्स संरचनामा ठूलो क्षति पु¥याएको दोलखा प्रहरीले जनाएको छ । बाढी पहिरोले आयोजनाको हेड्वक्स तथा हेड्वक्स निकट रहेका सवारी साधनहरुमा पनि क्षति पु¥याएको खानी खोला जलविद्युत आयोजनाले जनाएको छ । खानीखोला एक जलविद्युत आयोजाको हेड्वक्स स्थल नजिक पहिरो गएपछि हनवु खोला थुनिदा ठूलो बाढी आइ हेडवक्समा ठुलो क्षति पुग्न गएको स्थानीयहरुले बताउनु भएको छ ।

Shares

Be the first to comment on "पहिरोले खानी खोला जलविद्युत आयोजनाको ड्याममा क्षति"

Leave a comment

Your email address will not be published.


*