सिमपानी–भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न

चरिकोट (दीस)ः पर्यटकलाई आकर्षण गर्न दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ मा सिमपानी –भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न भएको छ । यो मार्ग युयसएआईडी तयार नेपालको सहयोग तथा भीमेश्वर नगरपालिकाको समन्वयमा निर्माण गरिएको हो । नगरपालिकाको वडा नम्बर ६ को खोरथली सामुदायिक वन क्षेत्रमा हाइकिङको लागि तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले पदमार्ग निर्माण गरिएको भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले बताउनु भयो । आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न यो मार्ग निर्माण गरिएको उहाँको भनाई रहेको छ । आधुनिक शहरी जीवन विलासी बन्दै गएको सन्दर्भमा पदयात्रा मार्गले मर्निङवाक गर्न चाहने हरुकालागि यो मार्ग उपयुक्त हुने मेयर मानन्धरले बताउनु भयो। विशेष गरी भीमेश्वर नगरपालिका पर्यटकीय नगरपालिका भएकाले बाहिरबाट आएका पाहुनालाई बिहानी समयमा पदमार्गमार्फत् भ्यूटावरसम्म पुग्न सहज हुने उहाँले बताउनु भयो । कुल लागत भ्याटबाहेक १ करोड ३३ लाख ४३ हजार सातसय चार रुपैयाँमा सिम्पानी निर्माण सेवा प्रालिले ठेक्का मार्फत पदमार्गको निर्माण सम्पन्न गरेको युयसएआईडीका दोलखाका फोकल पर्सन थिर बहादुर थापा मगरले जानकारी िदनुभयो । २०८० माघ १७ गते बाट काम सुरु गरी २०८१ साल असार २८ सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उहाँको भनाई रहेको छ । उहाँका अनुसार कुल २ किलोमिटर लम्बाई रहेको यो पदमार्गको निर्माण पछि भीमेश्वर नगरपालिका वडा नम्बर एकको राङराङथलीमा रहेको थामी संग्रहालय सम्म पदमार्गले जोडिएको भीमेश्वर नगरपालिका इन्जिनीयर सुरेश राउतले जानकारी दिनु भयो ।
सिमपानीबाट थामी संग्रहालय पुग्नका लागि कुल चार किलोमिटरको दुरी रहेको छ । यो बर्ष डेड किलो मिटर पदमार्ग निर्माण भएको छ । गत बर्ष २.५ किलोमिटर पदमार्ग भीमेश्वर नगरपालिका र युयसएआईडीको संयुक्त लगानीमा निर्माण गरिएको उहाँले जानकारी दिनु भयो । चरिकोटको सिमपानी बाट बुद्ध पार्कसम्म दुई किलोमिटर तथा बुद्ध पार्कबाट थप दुई किलोमिटरको यात्रा गरेपछि थामी संग्रहालय पुग्न सकिन्छ । आकर्षक सिंढीहरु बाट निर्मिति पदमार्गको बीचमा ३ वटा प्रतिक्षालय, ६ वटा तथा चौतारी ३ वटा डबली रहेका छन् । पद मार्गमा भ्रमणका क्रममा सिम्पानी पार्क, खोरथली वन क्षेत्र, भ्यु टावर,निर्माणाधिन बुद्ध पार्क, सुनगाभा क्षेत्र, तिलक पोखरी तथा थामी संग्रहालयको अवलोकन गर्न सकिने भएकाले यो मार्ग पर्यटकलाई आकर्षण गर्न अपेक्षा रहेको नगरपालिकाका अधिकारीहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "सिमपानी–भ्युटावर–बुद्धपार्क पदमार्ग निर्माण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*