तनाव ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

रामेछाप(दीस)ः रामेछाप नगरपालिकामा एक दिने तनाव व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सो तालिम शनिबार सम्पन्न भएको हो ।
नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरु तथा प्रधानाध्यापकहरुलाई एक दिने तनाव ब्यवस्थापन सम्बन्धि तालिम दिइएको रामेछाप नगरपालिकाले जनाएको छ । तालिमको उद्घाटन नगरप्रमुख लबश्री न्यौपानेले गर्नु भएको थियो । तालिममा रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निरौला,मनोविदहरु गोविन्द उपाध्याय,पदम प्रसाद घिमिरे तथा सागर नेपालले तनाव व्यवस्थापन सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "तनाव ब्यवस्थापन सम्बन्धि तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*