काठमाडौँ, २० असारः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्थली विमानस्थल विगतको तुलनामा क्रमशः भौतिक पूर्वाधार थपिँदै गएको बताउनुभएको छ । रामेछापको मन्थली नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘मन्थली पर्यटन प्रवर्द्धन’कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तामाङले विगतको तुलनामा मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिएका बताउनुभयो । “विमानस्थलमा समयानुकूल सुधार भएपछि यहाँबाट विगतमा भन्दा उडान सङ्ख्या २० प्रतिशतले बढेको छ, विमानस्थलमा पूर्वाधार थपिँदै गएको छ”, उहाँले भन्नुभयो । मन्त्री तामाङले नागरिक उड्डयन प्राधिकरणलगायत कार्यालयको बजेट निर्माण हुने क्रममा रहेकाले उक्त विमानस्थल प्राथमिकतामा राख्न आफ्नो तर्फबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ओझेलमा परेका देशभरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय तहले पहल गर्नुपर्ने मन्त्री तामाङले बताउनुभयो । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले नयाँ पूर्वाधार निर्माणका कारण मौलिक परम्परा र सम्पदा मासिँदै गएको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकास र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकार लागेको उल्लेख गर्नुभयो । धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र मन्थलीको विकासमा बागमती प्रदेशले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले मन्थलीलाई पर्यटकीय केन्द्र बनाउन स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर अगाडि बढ्न खोजेको बताउनुभयो । उहाँले खुम्बु क्षेत्रको प्रवेशद्वार मन्थली विमानस्थल, खाँडादेवी, शैलुङ र कालिञ्चोकमा जाने पर्यटकलाई मन्थलीसँग जोड्न गाउँपालिकाले काम गरिरहेको उल्लेख गर्नुभयो । नेपालको बाटो हुँदै भारत–चीन जोड्ने ‘मिड प्वाइन्ट’का रूपमा रहेको मन्थलीले सुनकोशी मरिण डाइभर्सन, साहित्यिक पर्यटन, कृषि तथा वन पर्यटन, सांस्कृतिक तथा प्राकृतिक पर्यटनमार्फत लाभ लिन खोजेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । –––
मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै
Posted By: दीक्षण दैनिक २१ असार २०८१, बिहीबार १४:२३
२५ कार्तिक २०८१, आईतवार १४:२४
विद्यार्थीहरूलाई विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण
२५ कार्तिक २०८१, आईतवार १५:२२
Epaper 2081/07/25
२५ कार्तिक २०८१, आईतवार १५:०२
दोलखामा चालु आर्थिक बर्षमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
२५ कार्तिक २०८१, आईतवार १४:३९
भीमेश्वर नगरपालिका वडा नम्बर ६ ले वडाका युवाहरुलाई ड्राइभिङ तालिम दिने
२५ कार्तिक २०८१, आईतवार १४:४३
निर्वाचनका लागि गौरीशंकर गाउँपालिकामा १२ मतदान स्थल रहने
२५ कार्तिक २०८१, आईतवार १४:४६
वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित
२५ कार्तिक २०८१, आईतवार १४:५२
बाबुको हत्या गरी फरार भएका छोरा १४ दिन पछि पक्राउ
२५ कार्तिक २०८१, आईतवार १४:३१
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छः सभापति देउवा
२५ कार्तिक २०८१, आईतवार १४:२२
Be the first to comment on "मन्थली विमानस्थलमा भौतिक पूर्वाधार थपिँदै"